‘प्रहरी हौँ’भन्दै घरभित्र छिरेर २ करोड लुट्ने समूहका सबै पक्राउ, हवल्दार पनि सामेल

नेपालभ्युज

‘प्रहरी हौँ’भन्दै घरभित्र छिरेर २ करोड लुट्ने समूहका सबै पक्राउ, हवल्दार पनि सामेल

काठमाडौं । भक्तपुरको दधिकोटमा एक व्यवसायीको घरमा लुटपाट गरेको घटनामा सबै चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हामी प्रहरी हौँ, खानतलासी लिनुपर्याे’ भन्दै छिरेका उनीहरूले नगद दुई करोड रुपैयाँ लुटेर लगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले सबैलाई पक्राउ गरेको छ ।

दधिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा छन् ।

पक्राउ पर्ने प्रहरी हवल्दार कृष्णबहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत हुन् । पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

‘प्रहरी हौँ’भन्दै घरभित्र छिरेको समूहले लुट्यो २ करोड, घरधनी समेत अनुसन्धानको घेरामा

गत मंगलबार दिउँसो १ बजे चारजनाको समूह आएर घरभित्र छिरेको थिए । दुईवटा मोटरसाइकलमा पुगेका थिए । उनीहरूले प्रहरीको कार्ड भन्दै परिचयपत्र पनि देखाएका थिए ।

त्यो समूहले आफूहरू प्रहरी हौँ भन्दै घर खानतलासी अनुमतिका लागि घर धनीसँग कागज समेत गराएका उल्लेख छ ।

लुटपाट गर्न पुगेको समूहले प्रहरीको नक्कली परिचयपत्र बनाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

लुटपाटको योजनाकार मामा

रकम लुटिएका राउत युरोपेली मुलुक खासगरी क्रोएसियामा नेपाली कामदार पठाउने एजेन्टका रूपमा गर्छन् । भिसा बापत प्रति कामदार ५ लाख ६८ हजार रुपैयाँ बराबर लिन्थे ।

रायतका मामा कुलबहादुर पनि क्रोएसिया जान चाहनेहरूलाई भाञ्जा राउतकहाँ पु¥याउँथे । भाञ्जाले धेरै रुपैयाँ नगद बुझेको देखेका थिए ।

विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाए । त्यो रकम लुट्ने मामाले योजना बनाएर अरु साथि बोलाएका थिए ।

भाञ्जासँग नगद रहेको थाहा पाएपछि मामा कुलबहादुरले लुटपाट गराएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । कुलबहादुरलाई भने प्रहरीले फेला पार्न सकेको छैन । कुलबहादुर अपाm्नो भागको हिस्सा ३५ लाख लिएर फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved