टर्ब्युलेन्सका कारण १५ मिनेटमा २७ हजार फिट तल झर्‍यो कोरियाली विमान

नेपालभ्युज

टर्ब्युलेन्सका कारण १५ मिनेटमा २७ हजार फिट तल झर्‍यो कोरियाली विमान

काठमाडौं । दक्षिण कोरियाबाट ताइवानका लागि उडेको बोइङको उडान केई १८९ टर्ब्युलेन्समा फसेको छ । उडेको केही समयमै विमान अचानक २६ हजार ९ सय फिट तल खसेपछि आकस्मिक अवतरण गर्नुपरेको थियो ।

सो बेलामा धेरै यात्रूहरूलाई सास फेर्न गाह्रो हुने र कान दुखेको थियो । विमानका चालक दलका सदस्यहरूले यात्रूहरूलाई अक्सिजन मास्क लगाउन आग्रह गरेका थिए ।

ब्रिटिस मिडिया हाउस इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार उक्त उडान दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार शनिबार साँझ ४ः४५ बजे उडेको थियो । उडान भरेको ५० मिनेटमै प्राविधिक त्रूटि फेला परेको थियो ।

जसका कारण १५ मिनेटमै उडान २६ हजार ९ सय फिट तलसम्म आएको थियो ।

त्यतिबेला यो दक्षिण कोरियाको जेजु टापुमा थियो । त्यसपछि विमानको प्रेसर सिस्टमले प्राविधिक गडबडी भएको सङ्केत गर्‍यो, त्यसपछि उडानलाई टेकअफ भएको स्थान इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो ।

विमानको उचाइ एक्कासी घट्दा १७ यात्रूलाई कान दुखेपछि अस्पताल भर्ना गरिएको छ ।

कोरियाली उड्डयन प्राधिकरणले उडानको प्राविधिक त्रूटिको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ । सबै यात्रूहरूलाई १९ घण्टापछि दोस्रो उडानमा ताइपेई, ताइवान लगिएको थियो ।

यसअघि मे २१ मा सिंगापुर एयरलाइन्सको विमान म्यानमारको आकाशमा एयर टर्ब्युलेन्समा फसेको थियो ।

विमानमा एक्कासी झट्का लागेर ७३ वर्षीय बेलायती यात्रूको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

उक्त विमान लण्डनबाट सिंगापुर जाँदै थियो । सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३००इआर लन्डनबाट उडेको थियो ।

टेक अफ भएको १० घण्टापछि खराब मौसमका कारण म्यानमारको हवाई क्षेत्रको ३७ हजार फिटमा एयर टर्ब्युलेन्समा फसेको थियो । यस अवधिमा धेरै धक्काहरू भए । विमान ३ मिनेटमै ३७ हजार फिटको उचाइबाट ३१ हजार फिटमा ओर्लिएको थियो ।

धेरैजसो टर्बुलेन्स बादलमा हुनेगर्छ जहाँ हावा तलमाथि गरिरहेको हुन्छ । यो बादलविहीन अवस्थामा पनि हुन्छ । त्यसलाई देख्न सकिँदैन । त्यसैले यसको पहिचान गर्न कठिन हुन्छ । यो तीव्र गतिमा हावा लाग्दा हुन्छ, जुन ४० हजारदेखि ६० हजार फिट माथि पाइने गर्दछ ।

यस हुँदा विमानमा समस्या आई अकस्मात् तल झर्ने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved