स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो, केहीको शव भेटियो केहीको खोजी हुँदै

नेपालभ्युज

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो, केहीको शव भेटियो केहीको खोजी हुँदै
सांकेतिक फोटो

विराटनगर । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ ।

बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने केराबारीमा एक बालकलाई बगाएको हो ।

केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो ।

सुन्दरहरैचा नगरपालिका– ५ गौशाला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले ४ जना महिलालाई बगाएको हो ।

सुन्दरहरैचा – ५ की २२ वर्षीय स्वस्तिका चौधरी, सोही स्थानकी ६० वर्षीय असरादेवी चौधरी, ३० वर्षीय फुला चौधरी, २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीलाई बगाएको हो । बगाएकामध्ये २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्धार गरेका छन् ।

प्रेमकला चौधरीको बुढीखोलाको पश्चिम किनारमा खण्ड सुनसरी ४ मा शव फेला परेको छ । असरादेवी, फुला चौधरी बेपत्ता छन् ।

११ वर्षीय श्याम राईलाई गोविने खोलाले बगाएको छ  । उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए । खोलामा परेका अरूलाई भने उद्धार गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved