कोशी प्रदेश : केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

नेपालभ्युज

कोशी प्रदेश : केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज गरिदिएको हो ।

केदारको रिट खारेज भएसँगै मुख्यमन्त्रीमा केदार कार्कीलाई गरिएको नियुक्ति प्रक्रिया सदर भएको छ । संवैधानिक विवाद अन्त्य भएसँगै अब उनी मुख्यमन्त्रीमा निरन्तर रहने छन् ।

कोशी प्रदेशमा सरकार परिवर्तनमा नयाँ अभ्यास देखिएको थियो । सुरुवातमा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यतिबेला तत्कालीन मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने वा राजीनामा दिने अपेक्षा उनीहरूको थियो । तर त्यसो भएन ।

पछि एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित गरेका थिए । तर त्यसलाई कार्कीले असंवैधानिक भनेका थिए ।

आ-आफ्नो तर्क वितर्क अघि बढिरहँदा प्रदेश प्रमुख परशुराम खापुङले २०८१ वैशाख २६ गते विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । यससँगै कार्की मुख्यमन्त्रीबाट अपदस्थ भएका थिए ।

वैशाख २७ मा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनी त्यसै दिन मुख्यमन्त्री नियुक्त भएका थिए ।

अपदस्थ मुख्यमन्त्री उद्धव कार्कीले हिक्मत कार्कीलाई गरिएको मुख्यमन्त्री नियुक्तिको बदर गर्दै आफैंलाई मुख्यमन्त्रीमा निरन्तरता दिनका लागि परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार सर्वोच्च अदालतले यसै रिटलाई खारेज गरिदिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved