पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको संकल्प

नेपालभ्युज

पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको संकल्प

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमबार देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्स र स्थानीय अधिकारीहरूका साथमा पोलियो उन्मूलनसम्बन्धी राष्ट्रिय कार्यदलको बैठकको अध्यक्षता गर्दै सरिफले महत्त्वपूर्ण प्रगतिका लागि अग्रपङ्क्तिमा कार्यरत कर्मचारी, सरकारी नेतृत्व र साझेदारको सहयोगको प्रशंसा गरे ।

उनले पोलियो उन्मूलन कार्यक्रममा गेट्स फाउन्डेसनको प्रमुख साझेदारी र लामो समयदेखि सहयोग गरेकोमा प्रशंसा गर्दै यो भाइरस सर्ने र बालबालिकालाई पक्षाघात भइरहँदासम्म यसको निर्मूलनका लागि सरकारको पहल पूर्णरूपमा जारी रहने बताए ।

सन् २०२४ मा पाँच पोलियो केस र एक सय ८५ वातावरणीय नमूना पोलियोभाइरस पोजिटिभ भएको रिपोर्ट आउनुलाई ठूलो चिन्ताको विषय भएको भन्दै उनले पोलियो खोप टोलीलाई सुरक्षा दिन र राष्ट्रिय प्रयासलाई तीव्रता दिन पाकिस्तानमा सबै स्रोत परिचालन गर्न निर्देशन दिए।

बिल गेट्सले आफ्नो टिप्पणीमा जटिल चुनौतीहरूको सामना गर्दै पोलियो उन्मूलन गर्ने देशको प्रयासहरू सबैको स्वास्थ्य सुधारमा संलग्न सबैको कडा परिश्रम र समर्पणको एउटा उदाहरण हुने भने ।

“म विश्वस्त छु कि सँगै काम गर्न जारी राखेर, नवीन दृष्टिकोणहरू लागू गरेर र सतर्क रहँदा पाकिस्तानले पोलियो अन्त्य गर्न ठूलो प्रगति गर्नेछ”, उनले भने । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved