रुसका सेना प्रमुख र पूर्वमन्त्रीविरुद्ध आइसिसीले जारी गर्‍यो पक्राउ पुर्जी

नेपालभ्युज

रुसका सेना प्रमुख र पूर्वमन्त्रीविरुद्ध आइसिसीले जारी गर्‍यो पक्राउ पुर्जी

एजेन्सी ।  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र पूर्वरक्षामन्त्री सर्गेई शोइगुविरुद्ध पक्राउ पुर्जी जारी गरेको मंगलबार बताएको छ ।

नागरिक वस्तुहरूमा आक्रमण गर्ने र नागरिकहरूलाई अत्यधिक आकस्मिक हानि पुर्‍याउने  कथित युद्ध अपराधका साथै युक्रेनमा ‘अमानवीय कार्यहरू’ को मानवताविरुद्धको अपराधका लागि पक्राउ पुर्जी जारी गरिएको आइसिसीले एक विज्ञप्तिमा जनाएको छ ।

“कम्तीमा सन् २०२२ अक्टोबर १० देखि सन् २०२३ मार्च ९ सम्म युक्रेनी विद्युतीय पूर्वाधारविरुद्ध रुसी सशस्त्र सेनाहरूले गरेको मिसाइल हमलाको जिम्मेवारी दुई संदिग्ध व्यक्तिले वहन गर्ने उचित आधारहरू छन्”, आइसिसी न्यायाधीशहरूले भनेका छन् ।

अदालतले यी आक्रमण ‘नागरिक वस्तुहरू विरुद्ध निर्देशित’ थिए र लक्ष्यहरू सैन्य मान्न सकिन्छ भनिए पनि नागरिक क्षति ‘प्रत्याशित सैन्य फाइदाका लागि स्पष्टरूपमा अत्यधिक हुने थियो’ भनेको छ ।

अदालतले गत वर्षको मार्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि पक्राउ पुर्जी जारी गरेको थियो । उक्त फैसलालाई मस्कोले ‘अमान्य’ भनेको थियो । जवाफमा रुसले आइसिसीका अध्यक्षविरुद्ध आफ्नै पक्राउ पुर्जी जारी गरेको थियो ।

हेगस्थित आइसिसीसँग पक्राउ पुर्जी लागु गर्नका लागि आफ्नौ प्रहरी बल छैन । यसलाई कार्यान्वयन गर्नका लागि आफ्ना एक सय २४ सदस्यको न्याय प्रणालीमा निर्भर छ ।

सैद्धान्तिकरूपमा वारेन्टअन्तर्गत कुनै पनि गिरफ्तारीको डरले आइसिसी सदस्य मुलुकको भ्रमण गर्नबाट रोकिएको छ । पुटिनले विशेषगरी आइसिसी सदस्य नभएका किर्गिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्सको विदेश भ्रमण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved