यो भिटामिनको कमीले हुन्छ छाला कालो

नेपालभ्युज

यो भिटामिनको कमीले हुन्छ छाला कालो

एजेन्सी । छालाको रंग आफैँमा एकदमै सुन्दर हुन्छ । चाहे त्यो कुनै पनि रंगको किन नहोस् । तर, कतिपय अवस्थामा प्राकृतिक रंगमा कालोपन आउन थाल्छ । यस्तो कुनै भिटामिनको कमीले पनि हुन सक्छ ।

चिकित्सकका अनुसार भिटामिन बी १२ को कमीले पनि छाला कालो हुने गर्छ । भिटामिन बी १२ शरीरका लागि एकदमै जरुरी हुन्छ । अनुहारमा देखिने कालोपना वा प्राकृतिक रंगभन्दा फरक देखिनुका पछाडि यो भिटामिन जिम्मेवार हुन्छ ।

शरीरमा भिटामिन बी १२ को कमी भएको छ भने छालाको रंग प्राकृतिकभन्दा कालो देखिन थाल्छ । यस्तोमा भिटामिन बी १२ पाइने खालका खानेकुरा सेवन गर्नु पर्छ ।

दुग्धजन्य सामग्री जस्तै दुध, दही, मोही, चिज पनिरबाट तपाईंले भिटामिन बी १२ प्राप्त गर्न सक्नुहुन्छ । त्यस्तै अन्डा पनि भिटामिन बी १२ को राम्रो स्रोत मानिन्छ । त्यस्तै माछा मासुबाट पनि यो भिटामिन प्राप्त गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved