मुलुकभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षा

नेपालभ्युज

मुलुकभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षा

काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी , कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखा छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ० दशमलव ८ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा ६३ दशमलव २ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved