एकै घरका चार जनालाई खोलाले बगायो, एकजनाको मृत्यु, दुई बेपत्ता

नेपालभ्युज

एकै घरका चार जनालाई खोलाले बगायो, एकजनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

बिहीबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेका हुन् । त्यसमध्ये एक जनाको मृत्युभएको छ ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । बढीले बगाउँदा सोही परिवारका दुईजना अझै बेपत्ता छन् ।

बेपत्ता भएका ६० वर्षीया असरादेवी चौधरी र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरीको खोजी भइरहेको छ ।

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी भने सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved