अस्ट्रिया युरो कपको अन्तिम १६ मा, नेदरल्याण्ड्स ३–२ गोलअन्तरले पराजित

नेपालभ्युज

अस्ट्रिया युरो कपको अन्तिम १६ मा, नेदरल्याण्ड्स ३–२ गोलअन्तरले पराजित

काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कपको अन्तिम १६ मा पुगेको छ ।

अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

जितसँगै अस्ट्रिया समूह डि को बिजेताको रुपमा दोश्रो चरण प्रवेश गरेको छ ।

यहि समुहको अर्को खेलमा फ्रान्स र पोल्यान्डले १–१ को बराबरी खेले । बराबरीपछि फ्रान्स समूहको दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

यो समुहमा नेदरल्यान्ड तेश्रो र पोल्यान्ड चौथो भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved