संसद् भवन छिरेकालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा केन्यामा १३ जनाको मृत्यु

नेपालभ्युज

संसद् भवन छिरेकालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा केन्यामा १३ जनाको मृत्यु

काठमाडौं । सरकारले कर बढाउन खोजेको भन्दै संसद् भवन छिरेर आतंक मच्चाउन खोज्नेमाथि प्रहरीले गोली चलाउँदा केन्यामा १३ जनाको मृत्यु भएको छ ।

गोली लागेर ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको अलजजिराले जनाएको छ । आक्रोशित प्रदर्शनकारीले संसद् भवनमा आगो लगाइदिएका छन् ।

संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा प्रदर्शनकारी सुरक्षा घेरा तोडेर संसद भवन प्रवेश गर्न खोजेका थिए ।

आर्थिक संकटको सामना गरिरहेका बेला केन्या सरकारले कर वृद्धि गर्ने कानून ल्याउन खोजेको भन्दै भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।

सुरक्षा घेरा तोडेर केही प्रदर्शनकारी सिनेट च्याम्बरसम्म पुगेका थिए । सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरेर सुरक्षित बाहिर निकालिएको रोयर्टसले जनाएको छ ।

अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved