पहिरोले घर बगाउदा लमजुङमा एकै परिवारका चार जना बेपत्ता

नेपालभ्युज

पहिरोले घर बगाउदा लमजुङमा एकै परिवारका चार जना बेपत्ता

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना हराइरहेका छन् ।

मध्यराति १ बजेतिर खसेको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका हुन् ।

पहिरोले पुरिदा रुद्रमान गुरुङ, उनकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए ।

बेपत्ताको खोजी भइरहेको छ । पहिरोकै कारण बेसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved