पहिरोले पुरिएर कास्कीमा दुई बालबालिकाको मृत्यु, एक गम्भीर घाइते

नेपालभ्युज

पहिरोले पुरिएर कास्कीमा दुई बालबालिकाको मृत्यु, एक गम्भीर घाइते
फाइल तस्वीर

काठमाडौं । कास्कीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मादी गाउँपालिका– ५ चितेपानी घुम्तीमा गएराति २ बजेतिर घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी१३ वर्षीया छोरी आयुष्माको मृत्यु भएको हो ।

प्रकाशकी ७० वर्षीया आमा लालमायाको भने उद्दार गरिएको छ । यस्तै मंगलबार राति ३ बजेतिर पोखरा महानगरपालिका २७, आरुपाटामा घरमाथि ढिस्को खस्दा हरि सुनारका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

हरिकी श्रीमती २७ वर्षीया ऋतु सुनार गम्भीर घाइते भएकी छिन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरिकी ९ वर्षीया छोरी अञ्जली सुनारको भने सकुशल उद्दार गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved