गितार दिँदै प्रधानमन्त्रीले भने – देशको प्रतिष्ठा बढाउन मेहनत गर्नुस्

नेपालभ्युज

गितार दिँदै प्रधानमन्त्रीले भने – देशको प्रतिष्ठा बढाउन मेहनत गर्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बधाई दिएका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले परियारलाई बालुवाटार बोलाएर बधाई दिएका हुन् ।

गायन रियालिटी शो मा प्रथम भएका परियारलाई बधाई दिने क्रममा प्रचण्डले गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत शनिवार बर्दियाका परियार नेपाल आइडलको पाँचौं संस्करणको बिजेता घोषित भएका थिए ।

प्रधानमन्त्रीले करणको सांगितिक क्षेत्रमा आफुले उच्च सम्भावना र भविष्य देखेको बताए । ‘यो क्षेत्रमा तपाईको निकै राम्रो सम्भावना र भविष्य छ । निरन्तर साधनामार्फत् तपाईले देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास मैले लिएको छ,’ करणलाई बधाई दिँदै प्रचण्डले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved