लागुऔषध विरुद्ध चेतना जगाउन गृहमन्त्री लामिछाने प्रभातफेरिमा निस्किए

नेपालभ्युज

लागुऔषध विरुद्ध चेतना जगाउन गृहमन्त्री लामिछाने प्रभातफेरिमा निस्किए

काठमाडौं । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले आज विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछ ।

दिवसका अवसरमा मन्त्रालयले विभिन्न संघसंस्थाको सहभागितामा काठमाडौंमा प्रभातफेरि निकालेको छ ।

प्रभातफेरिमा गृहमन्त्री रवि लामिछानेसहित प्रहरीका उच्च अधिकृत सहभागी थिए ।

प्रभातफेरि पछि सहभागीहरु समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा गृहमन्त्री लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतको सहभागिता थियो ।

गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५ दशमलव ०६ प्रतिशतले वृद्धि भइरहेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागु औषध कारोबारी पक्राउ पर्ने गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले ७ डिसेम्बर १९८७ मा प्रत्येक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved