विराटनगरका बस्तीमा बाढी पस्यो, बजार क्षेत्र जलमग्न

हेर्नुहोस् तस्वीर

नेपालभ्युज

विराटनगरका बस्तीमा बाढी पस्यो, बजार क्षेत्र जलमग्न

काठमाडौं । केही दिन यता भएको भारी वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ ।

महानगरपालिका भित्रका अधिकांस घर डुबानमा परेका छन् । बस्तीमा पानी पसेपछि सर्वसाधारण समस्यामा परेका छन् ।

महानगरपालिका मेयर नागेश कोइरालाले वर्षा जारी रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् । डुबानमा परेकाको सहजीकरण र उद्दारमा टोली परिचालन भइरहेको कोइरालाले बताए ।

विराटनगरको सिंगिया खोला र केसलियामा बाढी उर्लिएपछि महानगरका बस्तीमा पानी पसेको हो ।

महानगरपालिकाका १, २ र ८ नम्बर वडाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । विराटनगरका पूर्वी र पश्चिम भेग सबै भन्दा बढी प्रभावित भएका हुन् ।

हेर्नुहोस् तस्वीर :-

फोटो सौजन्य : नेत्र पी अधिकारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved