एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

नेपालभ्युज

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशनको सम्पूर्ण तयारी पुरा भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तर, अहिलेसम्म बोर्ड बैठक बस्न सकेको छैन ।

यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी) उल्लेख गरिने बोर्डले जनाएको छ ।

गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved