विद्यालयको गेटमै चट्याङ लागेर कैलालीमा तीन छात्रा गम्भीर घाइते

नेपालभ्युज

विद्यालयको गेटमै चट्याङ लागेर कैलालीमा तीन छात्रा गम्भीर घाइते

धनगढी । विद्यालयको गेटमा पुगेका बेला परेको चट्याङ् लागेर घोडाघोडी नगरपालिकामा तीन छात्रा गम्भीर घाइते भएका छन् ।

विद्यालय गएका ९ वर्षिया सरस्वती भुल, ७ वर्षिया पारु कठायत र १० वर्षिया खिमा कठायत घाइते भएका हुन् ।

मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा उनीहरुलाई चट्याङ लागेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एपसी पदमबहादुर बिष्टले घाइते तीन बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको बताए ।

उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved