मिस एआई सौन्दर्य प्रतियोगिताको फाइनलमा पुगेकी शतावरी को हुन् ?

नेपालभ्युज

मिस एआई सौन्दर्य प्रतियोगिताको फाइनलमा पुगेकी शतावरी को हुन् ?

काठमाडौं । एआई मोडल जारा शतावरी मिस एआई सौन्दर्य प्रतियोगिताको फाइनलमा पुगेकी छन् ।

फ्यानभ्यूले मिस एआईका लागि छनोट गरिएका शीर्ष-१० मोडलहरूको नाम घोषणा गरेको छ, जसमा फ्रान्स, मोरक्को, पोर्चुगल र टर्कीसँगै भारतले स्थान पाएको छ ।

अहिले विश्वको पहिलो एआई सौन्दर्य प्रतियोगिता मिस एआई वर्ल्ड एआई क्रिएटर अवार्ड्समार्फत् आयोजना भइरहेको छ । जसमा संसारभरका डिजिटल सिर्जनाकर्ताहरूले आफ्नो एआई मोडललाई डेब्यू गराएका छन् ।

को हुन् शतावरी ?
उनी भारतका यो डिजिटल निर्माता पीसीओएस र डिप्रेसन योद्धा हुन् । उनी खान र पिउन मन पराउँछिन् । यति मात्र होइन शतावरीलाई घुम्न पनि धेरै मन पर्छ । यसबाहेक फेसनमा पनि उनको रूचि छ ।

शतावरीलाई भारतीय मोबाइल विज्ञापन एजेन्सीका सह-संस्थापक राहुल चौधरीले बनाएका हुन् । इन्स्टाग्राममा शतावरीको ७५०० भन्दा बढी फलोअर्स छन् ।

शतावारीको वेबसाइटमा लेखिएको छ, ‘मेरो मिशन भनेको स्वास्थ्य, करियर विकास र फेसनको बारेमा सुझावहरू साझा गर्नु हो । व्यक्तिहरूलाई मार्गदर्शनमार्फत् आफ्नो उत्कृष्ट जीवन बिताउन सशक्त बनाउँदै । प्राकृतिक भारतीय रूप र मानव स्पर्शको साथ म मेरा अनुयायीहरूसँग गहिरो रूपमा जोडिने र उनीहरूलाई हरेक दिन प्रेरित गर्ने लक्ष्य राख्छु ।’

राहुल भन्छन्, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि हाम्रो शतावरी कोमिस एआई प्रतियोगिताका लागि विश्वभरबाट १५०० सहभागीहरूमध्ये शीर्ष १० फाइनलमा छनोट भएकी छन् ।’

जारा सन् २०२३ जुनदेखि पीएमएच बाईकेयरको ब्रान्ड एम्बेसडर हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved