पाउण्ड बलियो हुँदा डलर स्थिर 

नेपालभ्युज

पाउण्ड बलियो हुँदा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड बढेको छ भने अमेरिकी डलरको दर स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved