यी स्थानमा भारी वर्षा र बाढीको उच्च जोखिम

नेपालभ्युज

यी स्थानमा भारी वर्षा र बाढीको उच्च जोखिम

काठमाडौं । देशभर मनसुन प्रवेश गरेसँगै भारी वर्षा र बाढीको जोखिम बढेको छ ।

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका अनुसार बुधबार देशका विभिन्न स्थानमा भारी वर्षा र बाढीको उच्च जोखिम रहेको छ ।

वर्षाका कारण उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लमजुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने जनाएको छ ।

साथै, चितवनको चरचरे, कल्याणपुर, गोविन्दबस्ती वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको प्राधिकरणले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले तटीयक्षेत्रमा बस्नेलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved