सीबीआईले अरविन्द केजरीवाललाई गिरफ्तार गर्‍यो

नेपालभ्युज

सीबीआईले अरविन्द केजरीवाललाई गिरफ्तार गर्‍यो

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको छ ।

कथित मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले बुधबार बिहान राउज एभिन्यू कोर्ट (ट्रायल कोर्ट)बाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सीबीआईले मंगलबार राति ९ बजे तिहार जेलमा गएर मदिरा नीतिमा भएको भ्रष्टाचारबारे सोधपुछ गरेको थियो।

ईडीले उनलाई सोही आरोपमा मार्च २१ मा पक्राउ गरेको थियो। उनी पछिल्लो ८७ दिनदेखि तिहार जेलमा छन् ।

पक्राउ परेपछि केजरीवालले सर्वोच्च अदालतमा दायर जमानत याचिका फिर्ता लिएका छन्। एभिन्यू कोर्टले उनलाई मनी लान्ड्रिङ मुद्दामा जुन २० मा जमानत दिएको थियो। तर, त्यसविरूद्ध ईडी उच्च अदालत पुगेको थियो । उच्चले उक्त आदेशलाई खारेज गरेको छ ।

त्यसविरूद्ध केजरीवालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved