६२० जनाको कैदकट्टा हुँदै, उजुरी दिन विभागको आग्रह (सूचना)

नेपालभ्युज

६२० जनाको कैदकट्टा हुँदै, उजुरी दिन विभागको आग्रह (सूचना)

काठमाडौं । कारागार व्यवस्थापन विभागले कैदकट्टाका लागि सिफारिस भएका कैदीबन्दीविरुद्ध उजुरी तथा गुनासो गर्न सूचना निकालेको छ ।

गृह मन्त्रालयले जेठ २२ गतेको निर्णयअनुसार ६ सय २० जना कैदीको कैदकट्टा गर्न सिफारिस गरेको थियो ।

सोहीअनुसार विभागले सूचना जारी गर्दै सात दिनभित्र प्रमाणसहित उजुरी दिन भनेको छ ।

विभागमा उपस्थित भई वा विभागको इमेल ठेगानामा दर्ता गराउन सकिने विभागका निर्देशन कमलप्रसाद पाण्डेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved