टी-२० विश्वकप : इलिंगवर्थदेखि टकरसम्मले खेलाउँदैछन् सेमिफाइनल खेल

नेपालभ्युज

टी-२० विश्वकप : इलिंगवर्थदेखि टकरसम्मले खेलाउँदैछन् सेमिफाइनल खेल

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनल खेल भोली हुँदैछ ।

पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच नेपाली समयअनुसार बिहीबार बिहान ६:१५ बजे हुनेछ । यस्तै, दोस्रो खेलमा भारत र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । खेल बेलुका ८:१५ बजे हुनेछ ।

यससँगै आईसीसीले दुवै खेलका लागि अम्पायरको घोषणा गरेको छ ।

दक्षिण अफ्रिका र अफगानिस्तानको खेलमा इङ्ल्यान्डका रिचर्ड इलिंगवर्थ र भारतका नितिन मेनन मैदानमा अम्पायरको भूमिकामा हुनेछन् ।

यस खेलको म्याच रेफ्री (टस गराउने समयमा मैदानमा उपस्थित हुने)मा वेस्ट इन्डिजका रिची रिचर्डसन नियुक्त भएका छन् ।

यस्तै, भारत र इंग्ल्याण्डबीचको खेलमा न्युजिल्यान्डका क्रिस ग्याफनी र अष्ट्रेलियाका रोडनी टकर मैदानमा अम्पायर हुनेछन् ।

सो खेलमा जोएल विल्सन टिभी अम्पायर हुनेछन् भने पल रेफेल चौथो अम्पायर हुनेछन् । न्युजिल्याण्डका जेफ्री क्रोले म्याच रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved