सोनाक्षीले पाइन् पति इकबालबाट महंगो उपहार

नेपालभ्युज

सोनाक्षीले पाइन् पति इकबालबाट महंगो उपहार

एजेन्सी । बलिउडका दिग्गज अभिनेता शत्रुघ्न सिन्हाकी छोरी तथा अभिनेत्री सोनाक्षी सिन्हाले जुन २३ मा आफ्ना प्रेमी जहीर इकबालसँग विवाह गरेकी छन् ।

विवाहका तस्वीर तथा भिडिओ सामाजिक सञ्जालमा छाइरहेका छन् । यसैबीच सोनाक्षीले विवाहमा पाएको उपहारको खबर आइरहेको छ । उनले अरु कसैबाट नभएर पति जहीरबाट उपहार पाएकी छन् । जहिरले पत्नी सोनाक्षीलाई चम्किलो नयाँ कार उपहार दिएका छन् ।

रिपोर्टअनुसार सोनाक्षी सिन्हाले पतिबाट उपहारमा सेतो रंगको बीएमडब्ल्यू आई ७ कार पाएकी छन् । जसको भिडिओ समेत भाइरल भइरहेको छ । यो विलासी कारको मूल्य लगभग दुई करोड भारतीय रुपैयाँ बताइएको छ ।

भिडिओमा उक्त कार र त्यसमा बसेका नवविवाहित दुलाहा दुलही देख्न सकिन्छ । उनीहरु आफ्नो विवाहपछिको प्रितीभोज कार्यक्रममा जाँदै गरेका थिए । सोनाक्षी सिन्हा र जहीर इकबालले ‘रजिष्टर्ड म्यारिज’ गरेका छन् ।

उनीहरुको यस विशेष अवसरमा परिवारका सदस्य तथा नजिकका व्यक्ति सामेल थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved