३५ वर्षपछि महिलामा हुन सक्ने पाँच समस्या

नेपालभ्युज

३५ वर्षपछि महिलामा हुन सक्ने पाँच समस्या

एजेन्सी । प्रायः महिलामा बाहिरको कामसँगै घरको पनि जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता हुन्छ । त्यसैले उनीहरुले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन पाउँदैनन् ।

३५ वर्षपछि महिलामा कयौं रोगको खतरा बढेर जान्छ । यसबारेमा जान्नुहोस् र पहिले नै सतर्क हुनुहोस् ।

३५ वर्षपछि महिलामा हड्डी कमजोर हुने समस्या देखिन्छ । हड्डी कमजोर हुँदा हिँड्डुल गर्न समस्या हुने तथा भारी काम गर्दा हड्डी छिटै भाँचिने समस्या पनि आउन सक्छ ।

३५ वर्षपछि महिलामा मुटुसँग जोडिएका समस्या पनि हुन थाल्छन् । अत्यधिक तारेको तथा भुटेको खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ जसले हृदयघातकै खतरा पनि बढ्छ ।

त्यस्तै ३५ वर्ष उमेर काटेका महिलामा मधुमेहको खतरा पनि अत्यधिक हुन्छ । मधुमेह भएको अवस्थामा अत्यधिक थकान महसुस हुने, धेरै पिसाब लाग्ने र तौल कम हुने वा बढ्ने जस्ता लक्षण देखिन्छन् ।

उमेर बढ्नुका साथै महिलामा फाइब्राइडको समस्या पनि हुन थाल्छ । फाइब्राइडको कारणले महिलामा कयौं प्रकारका संक्रमणको खतरा हुन्छ । साथमा यसले गर्भाशयमा डल्लो, गाँठो आदि आउने समस्या पनि हुन्छ ।

उमेर बढ्दै जाँदा महिलामा मिर्गौलामा पत्थरीको खतरा पनि अत्यधिक हुन्छ । पत्थर हुँदा कम्मरमा एकदमै धेरै दुखाई हुने तथा वान्ता आउने जस्तो लक्षण देखिन्छ ।

महिलाले यी सबै रोगबाट बच्न दैनिक रुपमा योग तथा कसरत गर्नुपर्दछ । साथमा समय समयमा सम्पूर्ण शरीरको जाँच पनि गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved