मोही खानासँग पिउनु राम्रो कि नराम्रो ?

नेपालभ्युज

मोही खानासँग पिउनु राम्रो कि नराम्रो ?

एजेन्सी । गर्मीमा मोही पिउनु शरीरका लागि फाइदाजनक हुन्छ । अन्य चिसो पेय पदार्थ, आइसक्रिमहरु खानु भन्दा यो कयौं गुणा स्वस्थकर हुन्छ । यसले शरीरलाई हाइड्रेट राख्छ ।

यहाँ प्रश्न उठ्छ खानासँग वा तुरुन्तै मोही पिउनु हुन्छ कि हुँदैन ?

तपाईंले खानासँग वा खाना खाएको तुरुन्तै पछि मोही पिउनबाट बच्नुपर्छ । खाना खाइसकेपछि कम्तीमा १० मिनेटको समय राखेर पिउँदा मोहीबाट धेरै फाइदा पाउन सकिन्छ ।

मोहीको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । विशेषगरी गर्मीमा मोही पिउँदा डिहाइड्रेशनको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, मोहीमा क्यालोरी र फ्याटको मात्रा कम हुन्छ । जसले गर्दा फ्याट बर्न गर्न सकिन्छ र तौल नियन्त्रणमा राख्न सहयोग प्राप्त हुन्छ ।

कतिपयलाई गर्मीमा खाना खाएपछि पेट फुल्ने समस्या भइरहेको हुन्छ । यस्तोमा खाना खाएको केहीबेर पछि मोही पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

गर्मीमा विशेषगरी कब्जियतको समस्या अत्यधिक हुने गर्छ । नियमित रुपमा मोहीको सेवनले यस्तो समस्याबाट पनि बच्न सकिन्छ । यसले पेट सफा गर्ने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved