भारत र इंग्ल्याण्डको खेल वर्षाले रद्द भए कुन टोली फाइनलमा पुग्छ ?

नेपालभ्युज

भारत र इंग्ल्याण्डको खेल वर्षाले रद्द भए कुन टोली फाइनलमा पुग्छ ?

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनल खेल भोली हुँदैछ । जसमा पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तान र दोस्रोमा भारत र इंग्ल्याण्डबीच हुनेछ ।

गुयानाको प्रोभिडेन्ट स्टेडियममा हुने भारत र इंग्ल्याण्डबीचको खेलमा वर्षाको सम्भावना रहेको छ ।

आईसीसी नकआउट खेलहरूमा रिजर्भ डे हुन्छ । वर्षाका कारण एक दिन खेल नभए अर्को दिन खेलाइन्छ ।

तर, भारत र इङ्ल्यान्डबीचको खेलका लागि कुनै रिजर्भ डे छैन । दोस्रो सेमिफाइनल र फाइनलमा एक दिनको अन्तर छ । जसका कारण रिजर्भ डे राखिएको छैन । तर, पहिलो सेमिफाइनल खेलका लागि भने रिजर्भ डे छ ।

लगातार पानी पर्‍यो भने के हुन्छ ?
भारत र इङ्ल्यान्डबीचको सेमिफाइनलको लागि कुनै रिजर्भ डे छैन तर, सोही दिन २५० अतिरिक्त मिनेट छुट्याएको छ ।

नेपाली समय अनुसार भारत र इंग्ल्याण्डबीचको खेल बेलुका ८:१५ बजे सुरु हुनेछ । उक्त दिन त्यहाँ दिनभर वर्षा हुने पुर्वानुमान गरिएको छ ।

यस्तो अवस्थामा पानीका कारण सेमिफाइनल हुन नसके वा रद्द भए कुन टोलीले फाइनलमा स्थान पाउँछ भन्ने प्रश्न उठेको छ ।

खेल वर्षाका कारण रद्द भएमा भारत फाइनलमा पुग्नेछ । किनकी भारतीय टोली समूह विजेता बनेर सुपर ८ मा पुगेको थियो भने इङ्ल्यान्ड समूह उपविजेता बनेर ।

उच्च प्रदर्शनको आधारमा भारत फाइनलमा पुग्नेछ । यो आईसीसीको नियम नै हो ।

यसअघि सन् २०२० को महिला टी–२० विश्वकपमा पनि भारत र इंग्ल्याण्डको सेमिफाइन खेलमा वर्षा भएको थियो । खेल रद्द भएपछि भारत फाइनलमा पुगेको थियो ।

त्यो समयमा पनि भारत समूह चरणको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेकोले फाइनलमा प्रवेश गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved