‘इट्स माई शो’ बन्यो ‘सेक्स टक शो’, संस्थापक सुरजसिंहले चित्त दुखाउँदै भने – ‘मेरो ब्रान्ड ध्वस्त भो’

नेपालभ्युज

‘इट्स माई शो’ बन्यो ‘सेक्स टक शो’, संस्थापक सुरजसिंहले चित्त दुखाउँदै भने – ‘मेरो ब्रान्ड ध्वस्त भो’

काठमाडौं । अभिनेत्री जसिता गुरुङको निजी विषय गसिप बनाउँदा र सेक्सबारे प्रश्न सोधेर विवादमा आएको कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ कार्यक्रमका संस्थापक टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको भन्दै चित्त दुखाएका छन् ।

उनले आफू कार्यक्रमको प्रस्तोतासँगै कान्तिपुर टेलिभिजनमासमेत आबद्ध नरहेको प्रस्टीकरण दिएका छन् । आफ्नो २३ वर्षको मिहिनेतले बनेको ब्रान्ड ध्वस्त भएको भन्दै चित्त दुखाएका छन् ।

अहिले शो कार्यक्रम ओसिन सिटौलाले चलाउँछिन् । ओसिन सिटौलाले चलाएको पहिलो एपिशोड नै विवादमा परेको छ ।

पहिलो एपिसोडमै अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई बोलाइएको थियो ।

‘एक अभिनेत्री जो हिजो धिरज मगरसँग डेट गर्थिन् आज अनमोल केसीसँग डेटमा छिन्’ भन्ने प्रश्न गर्दा स्वस्तिमा र साम्राज्ञीले जसिताको नाम लिएका थिए ।

अरूको निजी विषय टेलिभिजन कार्यक्रममा गरिएको भन्दै विवाद मात्र भएको छैन, त्यहाँ प्रश्नको जवान दिन नसके कपडा फुकाल्नुपर्ने शर्तको समेत आलोचना भइरहेको छ ।

यसबारे प्रस्तोता ओसिन र कान्तिपुर टिभी मौन छ । कार्यक्रम युट्युबमा अझै छ ।

तर, आलोचना बढेपछि ठकुरीले सामाजिक सञ्जालमा लेखेर पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताए ।

‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो बफादारी ध्वस्त भएको छ। एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामग्रीको हिस्सा बन्न चाहन्न,’ उनले लेखेका छन् ।

यसअघि यो कार्यक्रममा ठकुरी रहँदा नेतादेखि कलाकारसम्म, बौद्धिकदेखि सिकारुसम्म निम्त्याउँथे । यसैले कार्यक्रम लोकप्रिय बन्यो । दर्शकमाझ कार्यक्रमको सकारात्मक प्रभावका कारण जो केही यस कार्यक्रममा जान लालायित हुन्थे ।

काठमाडौंका मेयर बालेन शाह उम्मेदवार भएकै बेलामा यो कार्यक्रममा सहभागी भएर राम्रो प्रचार पाए । ‘चमेली’ गीतको प्रभाव निर्वाचनमा देखियो । गगन थापा, विश्वप्रकाश शर्मादेखि सबैको संवाद उस्तै लोकप्रिय थियो । तर, सुरजले कार्यक्रम छाडेसँगै होस्ट ओसिन आएकी छिन् । उनको पहिलो कार्यक्रम नै विवादमा परेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved