दोहोरो अंकले घट्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २०६० दशमलव १६ को विन्दुमा पुगेको छ ।

आज ३०५ कम्पनीका ५४ हजार ७ सय ९३ पटकको कारोबारमा ८७ लाख २७ हजार १६४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँ रहेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स २ दशमलव २७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ८९ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९७ अंकले घटेको छ ।

१३ उपसमूहमध्ये १० वटा घटेको छ भने फाइनान्स, म्चुअल र व्यापार कम्पनीहरू सामान्य अंकले बढेका छन् । आज सर्वाधिक घट्नेमा जीवन बीमा रहेको छ । भने, नेपाल फाइनान्स कम्पनीको कारोबार सबैभन्दा कढी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved