भारतले उपाधिको ११ वर्षे खडेरी यसपटक अन्त्य गर्ला ?

सन् २०१३ पछि ५ पटक फाइनलमा पराजित

नेपालभ्युज

भारतले उपाधिको ११ वर्षे खडेरी यसपटक अन्त्य गर्ला ?

काठमाडौं । अपराजित रहँदै भारत यस पटक पनि आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टोलीले फाइनल प्रवेशका लागि भोली इंग्ल्याण्डसँग खेल्दैछ ।

टोलीका लागि सन् २०१३ पछि यो ११औं आईसीसी प्रतियोगिता हो । र, टोलीले यसमा १०औं पटक नकआउट राउन्डमा स्थान बनाएको छ । तर, भारतले सन् २०१३ पछि आईसीसी ट्रफी जित्न सकेको छैन ।

सन् २००७ मा भारतले पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको थियो । जसमा भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले हराएको थियो ।

यसपछि टोलीले थप ७ टी–२० विश्वकप खेलेको छ । जसमा टोली ३ पटक सेमिफाइनल र फाइनलसम्म नकआउट चरणमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

सन् २०१४ मा भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो तर, फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

सन् २०१६ मा भारत घरेलु मैदानमा भएको प्रतियोगितामा नकआउट चरणमा पुगेको थियो तर, सेमिफाइनलमा वेस्ट इन्डिजसँग पराजित भयो ।

सन् २०२२ मा टोली अन्तिम पटक नकआउटमा पुगेको थियो तर, इंग्ल्याण्डसँग १० विकेटले पराजित भएको थियो । त्यसअघि सन् २००९, २०१०, २०१२ र २०२१ मा टोलीले समूह चरण पनि पार गर्न सकेन ।

अब यस ढाँचाको विश्वकपमा भारतले फेरि सेमिफाइनलको टिकट पक्का गरेको छ ।

एकदिवसीय विश्वकप

भारतले पछिल्लो पटक सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

२८ वर्षअघि सन् १९८३ मा उक्त फर्म्याटको विश्वकपमा टोलीले पहिलो सफलता हात पारेको थियो । त्यसपछि टोलीले वेस्ट इन्डिजलाई र सन् २०११ मा श्रीलंकालाई हराएर उपाधि जितेको थियो ।

त्यसयता भारतले थप ३ पटक एकदिवसीय विश्वकप खेलेको छ, प्रत्येक पटक टोली नकआउट चरणमा पुग्यो तर, एकमा पनि उपाधि जित्न सकेन ।

सन् २०१५ मा भारतले क्वार्टरफाइनलमा बंगलादेशलाई हराएको थियो तर, सेमिफाइनलमा घरेलु टोली अष्ट्रेलियासँग पराजित भएको थियो ।

सन् २०१९ मा न्युजिल्यान्डले सेमिफाइनलमा भारतलाई हराएको थियो । सन् २०२३ मा भारतले सेमिफाइनलमा न्यूजील्याण्डलाई पराजित गर्यो तर, टोलीले फाइनलमा अष्ट्रेलियाविरूद्ध जित्न सकेन ।

अन्तिम च्याम्पियन्स ट्रफी 
भारतले सन् २००२ मा पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो तर, फाइनल निर्णायक हुन नसक्दा ट्रफी श्रीलंकासँग बाँड्नुपरेको थियो ।

यसपछि २०१३ मा घरेलु मैदानमा भएको फाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै टोलीले ट्रफी कब्जा गरेको थियो । पछिल्लो ११ वर्षमा भारतले जितेको यो नै अन्तिम आईसीसी ट्रफी हो ।

सन् २०१३ पछि सन् २०१७ मा मात्र च्याम्पियन्स ट्रफी प्रतियोगिता भयो । भारतले सेमिफाइनलमा बंगलादेशलाई हराएर लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको थियो तर, पाकिस्तानसँग १८० रनको ठूलो हार व्यहोरेको थियो ।

यसपछि च्याम्पियन्स ट्रफी नभई अब सन् २०२५ मा पाकिस्तानमा प्रतियोगिता हुनेछ ।

विश्व टेस्ट च्याम्पियनसिपको दुवै फाइनलमा पराजित
आईसीसीले टेस्ट क्रिकेटलाई रोचक बनाउनको लागि विश्व टेस्ट च्याम्पियनसिपको सुरूवात गरेको हो । जसमा ९ टोलीले २ वर्षको अवधिमा ६–६ को द्विपक्षीय शृंखला खेल्छन् । अंक तालिकाको शीर्ष २ स्थानमा रहेका टोलीहरूबीच फाइनल खेल हुनेछ ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अहिलेसम्म दुई पटक मात्रै भएको छ, सन् २०२१ र २०२३ मा । भारत दुवै पटक फाइनलमा पुगेको थियो तर, दुवै पटक हारेको थियो ।

सन् २०२१ मा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको थियो भने सन् २०२३ मा अस्ट्रेलियासँग २०९ रनले पराजित भएको थियो ।

१० टूर्नामेंटमा पराजित
सन् २०१३ मा अन्तिम आईसीसी ट्रफी जितेर भारतले सन् २०२३ सम्म १० पटक सबै तीन ढाँचाहरूमा ९ आईसीसी टूर्नामेंटहरूमा भाग लियो । टोली ९ पटक नकआउट चरणमा पुगेको थियो भने एक पटक मात्र समूह चरणबाट बाहिरिएको थियो ।

भारतले ९ नकआउट चरणमा कुल १३ खेल खेलेको छ । टोलीले ९ मा हार र ४ मा मात्र विजयी भएको छ । भारतको ४ जितमध्ये ३ सेमिफाइनल र १ क्वाटरफाइनलमा थियो । यस अवधिमा भारतले ४ सेमिफाइनल र ५ फाइनलमा हार व्यहोरेको छ । अर्थात् भारतले अन्तिम चरणमा पुगेर पछिल्लो १० वर्षमा ५ पटक च्याम्पियन बन्ने मौका गुमाएको छ ।

जित्न सकेन ट्रफी ?
आईसीसीका ११ वटा प्रतियोगितामा १० पटक नकआउट चरणमा पुग्दा एउटा कुरा प्रस्ट हुन्छ कि भारतीय टोली बलियो थियो । प्रत्येक पटक टोली ट्रफी जित्ने दावेदार भएपनि ट्रफी भने पाउन सकेको छैन । यस्तो हुनुमा दुईवटा कारण देखिन्छन्, पहिलो हारको डर र दोस्रो हो कप्तान । कारणहरू विस्तारमा बुझौं-

गुमाउने वा असफल हुने डर
हारको डर वा असफलताको डर भनेको यस्तो अवस्था हो जहाँ मानिसहरूले कुनै पनि निर्णय गर्दैनन्, जसमा हारको सम्भावना हुन्छ । तिनीहरू न नयाँ चीजहरू प्रयास गर्छन् न जोखिम लिन चाहन्छन् ।

खेल मनोवैज्ञानिक करणवीर सिंह र मानसिक प्रशिक्षक प्रकाश रावका अनुसार ठूला खेलमा दबाब हुन्छ । यदि खेलाडीहरूले खेललाई चुनौतीका रूपमा लिने हो भने सकारात्मक नतिजाको सम्भावना बढी हुन्छ।

यदि खेलाडीले खेललाई खतराको रूपमा लियो भने, यसले खेलमा नकारात्मक असर पार्छ। यसले पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा टीम इण्डियामा प्रभाव पारेको थियो।

कप्तान 
एमएस धोनीको कप्तानीमा २००७ टी२० विश्वकप, २०११ ओडीआई विश्वकप र २०१३ च्याम्पियन्स ट्रफीको उपाधि जितेका थिए । कुनै पनि खेलमा आफ्नो ध्यान नतिजाभन्दा कार्य र प्रक्रियामा बढी हुने उनको विश्वास थियो ।

यसको मतलब उनले के गर्न सक्छन् भन्ने कुरामा ध्यान केन्द्रित गरेको र नतिजा के हुनेछ भनेर होइन । यही सोचका साथ उनले भारतका लागि ३ वटा आईसीसी ट्रफी जिते ।

यद्यपि, धोनीको कप्तानीमा भारतले पनि असफलताको सामना गर्यो तर, उनी ३ फरक आईसीसी ट्रफी जित्ने एक मात्र कप्तान हुन् । त्यसपछि भारतले विराट कोहली र रोहित शर्माको कप्तानीमा आईसीसीका सबै प्रतियोगिता खेले तर, कुनै पनि प्रतियोगितामा सफलता हात पार्न सकेन ।

के यसपटक भारतले उपाधिको खडेरी अन्त्य गर्ला ? त्यसका लागि केहीदिन प्रतिक्षा गरौं ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved