‘इट्स माई शो’ विवादमा कलाकार संघले भन्यो–  स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति अमर्यादित

नेपालभ्युज

‘इट्स माई शो’ विवादमा कलाकार संघले भन्यो–  स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति अमर्यादित

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई नेपाल कलाकार संघले आपत्ति जनाएको छ ।

कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको संघको ठहर छ ।

संघका अध्यक्ष मोहन निरौलाले बुधबार एक विज्ञप्ति जारी गर्दै संघले सार्वजनिक कार्यक्रममार्फत् अरूको अपहेलना गर्नु न्यायसगत नठहर्ने भनेको छ ।

सामाजिक मर्यादा विपरीत अनुशासनविपरीत आचारसंहिता पालन नगरी अभिव्यक्ति दिनुभएकोमा ध्यानाकर्षण भएको जनाउँदै सचेत गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरूको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरूको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।’’

‘यसभन्दाअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरीत अनुशासनविपरीत आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भई सचेत पनि गराएका थियौँ । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही बक्तव्यमार्फत् अनुरोध गर्दछौँ,’ संघले भनेको छ ।

‘इट्स माई शो’ बन्यो ‘सेक्स टक शो’, संस्थापक सुरजसिंहले चित्त दुखाउँदै भने – ‘मेरो ब्रान्ड ध्वस्त भो’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved