असान्ज अष्ट्रेलिया पुग्दा जे देखियो (तस्वीरहरू)

नेपालभ्युज

असान्ज अष्ट्रेलिया पुग्दा जे देखियो (तस्वीरहरू)

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन् ।

विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए । असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएका हुन् ।

अमेरिकासँगको सम्झौता अनुसार असान्जले अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपरेको थियो ।

अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो ।

न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले बेलायतको जेलमा यति धेरै समय बिताइसकेका थिए । जसका कारण जुलियन असान्जलाई अदालतबाट रिहा गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved