उपेन्द्रलक्षित अशोकको प्रतिवेदन- पार्टीमा प्रत्येक नेताको आफ्नै महत्त्व हुन्छ, अपमान गर्नु हुँदैन

नेपालभ्युज

उपेन्द्रलक्षित अशोकको प्रतिवेदन- पार्टीमा प्रत्येक नेताको आफ्नै महत्त्व हुन्छ, अपमान गर्नु हुँदैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले पार्टीमा भएका प्रत्येक नेता/कार्यकर्ताको आ-आफ्नै महत्त्व भएको बताएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विभाजन गरेर गठन गरेको जसपाको पहिलो केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो औँल्याएका हुन् ।

“पार्टीमा प्रत्येक नेता कार्यकर्ताको आ-आफ्नै महत्त्व हुन्छ । हरेकको आफ्नो क्षमता, प्रभाव र योगदान पनि रहेकै हुन्छ,” उनले प्रतिवेदनमा भनेका छन्, “तसर्थ, कसैलाई पनि गए जाऊ भनेर अपमान गर्नु र धकेल्नु हुँदैन ।”

उनले पार्टी नेतृत्वको स्वेच्छाले चल्ने प्रवृत्तिका कारण पार्टी विभाजन भएको औँल्याएका छन् । उनले भनेका छन्, “मन लागेमा प्रणाली प्रक्रियाको कुरा गर्ने, मन नलागे आफूखुसी गर्ने । पार्टीको मुख्य नेतृत्व नै प्रदेश र स्थानीय तहका जिम्मेवारहरूको कार्यक्षेत्रसमेत मिचेर उनीहरूको जानकारी बेगर वडा तहसम्म पुगेर सबै सङ्गठन आफ्नै मुट्ठीभित्र राख्ने अभ्यासमा व्यस्त रह्यो । यसैकारण पार्टीले विभाजन भोग्यो ।”

बुधबारबाट सुरु भएको बैठकमा १२१ केन्द्रीय सदस्य उपस्थित छन् । राईले ३१ केन्द्रीय सदस्य लिएर पार्टी विभाजन गरेका थिए ।

महासचिव इस्तियाक राईका अनुसार बैठकमा पार्टी विभाजनको औचित्य, सङ्गठन निर्माणलगायतका विषयमा गहन छलफल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved