जलेको छालामा बरफ र मन्जन लगाउनु सही की गलत ?

नेपालभ्युज

जलेको छालामा बरफ र मन्जन लगाउनु सही की गलत ?

एजेन्सी । प्रायः मानिसहरू शरीरमा कतै जलेपछि बरफ लगाउने गर्छन् । त्यस्तै, कतिपयले मञ्जन पनि लगाउँछन् । हामीलाई लाग्छ चिसो चिज लगाउँदा छालामा फोका पर्दैन ।

डाक्टरको भनाईअनुसार यस्तो गर्नु हानिकारक पनि हुन सक्छ । जलेको ठाउँमा बरफ र मन्जनजस्ता चिज लगाउँदा शरीरको उक्त अंगमा रक्तसञ्चार रोकिन्छ । यही कारण जलेको ठाउँ चाँडो ठिक हुनुभन्दा झन् समय लाग्न सक्छ ।

जलेको भागलाई बगिरहेको पानी अर्थात् धारामा १० देखि १५ मिनेटसम्म राख्नु बुद्धिमानी हुन्छ । यसले संक्रमणको खतरा कम हुन्छ । त्यसपछि जलेको भागमा एलोवेरा जेल लगाउन सक्नुहुन्छ ।

यसो गर्नुभयो भने जलेको भाग छिटो निको हुनुका साथै फोका पर्ने समस्या पनि आउँदैन । अत्यधिक जलेको छ भने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved