एसी भएको कोठाबाट अचानक बाहिर निस्कँदा हुने नोक्सान

नेपालभ्युज

एसी भएको कोठाबाट अचानक बाहिर निस्कँदा हुने नोक्सान

एजेन्सी । गर्मी मौसममा शरीरलाई चिसो राख्न घर तथा अफिसमा एसीको प्रयोग गरिन्छ । तर, के तपाईंलाई थाहा छ एसी भएको कोठाबाट अचानक बाहिर निस्कँदा शरीरमा विभिन्न खाले समस्या देखिन सक्छन् ।

एसी भएको कोठाबाट अचानक बाहिर निस्कँदा छालासँग जोडिएका समस्या हुन थाल्छन । शरीरले यस्तो अवस्थामा तुरुन्तै तातो वातावरणमा समायोजन हुन सक्दैन जसले गर्दा छालामा संक्रमण हुन सक्छ ।

एसी भएको कोठामा लगातार बसेर बाहिरको गर्मीमा निस्कँदा तपाईंलाई ज्वरो पनि आउन सक्छ । अचानक तातो हावामा निस्कँदा शरीरको तापक्रम अचानक बढ्छ जसले गर्दा ज्वरो आउने समस्या हुन्छ ।

एसी भएको कोठाबाट अचानक बाहिर निस्कँदा आँखामा पनि नराम्रो असर पर्छ । यसले तपाईंको आँखा सुख्खा हुन थाल्छन् । साथमा आँखा चिलाउने जस्तो समस्या पनि आउँछ ।

एसी तथा गर्मीमा बस्ने उठ्ने गर्दा शरीरको तापक्रम परिवर्तन भइरहँदा यसले रुघाखोकीको समस्या पनि आउन सक्छ । यसो गर्दा स्वाससँग जोडिएका रोगको खतरा पनि बढ्न सक्छ ।

एसी भएको कोठाबाट अचानक बाहिर गर्मीमा निस्कँदा तपाईंलाई टाउको दुख्ने तथा माइग्रेनको समस्या हुन थाल्छ । अचानक गर्मीको तापक्रममा आउँदा रक्तनलीहरु खुम्चिन्छन् जसले गर्दा टाउको दुख्ने समस्या हुन्छ ।

अचानक शरीरमा तातो चिसो हुँदा कमजोरी तथा थकान महसुस हुन थाल्छ । यदि तपाईंलाई यस्तो लक्षण देखिए भने तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved