कोशी सहित केही प्रदेशमा भारी वर्षा, अन्य भेगमा पूर्ण बदली

नेपालभ्युज

कोशी सहित केही प्रदेशमा भारी वर्षा, अन्य भेगमा पूर्ण बदली

काठमाडौं । अहिले देशभर मनसुनी वायुको  प्रभाव देखिएको छ ।

जसका कारण  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।

बागमती र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

मुलुकका अधिकांस स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २५ दशमलव ९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ४ दशमलव ३ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै पोखरमा १५४ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved