फाइनल प्रवेशका लागि अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै, टस जितेर अफगानिस्तान ब्याटिङमा

नेपालभ्युज

फाइनल प्रवेशका लागि अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै, टस जितेर अफगानिस्तान ब्याटिङमा

काठमाडौं । आईसिसी टी– ट्वेन्टी विश्वकपको सेमिफाइनलमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको छ । सुपर एटको समुह १ को उपविजेताका रुपमा अफगानिस्तान अन्तिम ४ मा पुगेको हो ।

पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको अफगानिस्तान भारतसँग हार व्यहोर्दा अष्ट्रेलिया र बंगलादेशलाई हराएको थियो ।

जारी विश्वकपमा अहिलेसम्म शतप्रतिशत जित निकाल्ने एक मात्र टोली दक्षिण अफ्रिका सुपर एटको समुह २ को विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

सुपर एटमा उसले सहआयोजक अमेरिकासहित दुई दाबेदार टोली इङ्ल्याण्ड र वेस्ट इण्डिजलाई हराएको थियो ।

समूह चरणमा नेपालसँग १ रनको रोमाञ्चक जित निकालेको दक्षिण अफ्रिकाले नेदरल्याण्ड, श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

१० वर्षपछि चौंथो पटक विश्वकपको सेमिफाइनल पुगेको दक्षिण अफ्रिका पहिलो उपाधि जित्ने लक्ष्यमा छ । यो खेलको विजेताले इङ्ल्याण्ड र भारतको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा आज राति बेलुका सवा ८ बजे इङ्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार राति हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved