शिल्पी थिएटरमा नाटक ‘सुईना’ को मञ्चन सुरु (तस्वीरहरु)

शिल्पी थिएटरमा नाटक ‘सुईना’ को मञ्चन सुरु (तस्वीरहरु)

काठमाडौं । बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा एक्रो थिएटर बिधाको नाटक ‘सुईना’ को मञ्चन सुरु भएको छ। ३ हप्ताको एक्रो थिएटर कार्याशालामा सहभागी प्रशिक्षार्थीहरुले नाटकमा अभिनय गरेका छन्।

नाटक ‘सुईना’ मा विभिन्न सात वटा कथाहरु खिस्सा, होस्टेल, यात्रा, खरबुजा, उडान , मारिजुना र सुनसान समावेश गरिएको छ।

नाटकमा फरक फरक भाषा मार्फत कथा भनिएको छ। आम मानिसको जीवनमा हुने आफ्नै अविष्मरणीय क्षण, विगत, सपना र भविष्यका सपना अर्थात सुईना हुन्छन्।

मानिसको वर्तमानलाई तिनै कथा तथा सुईनाले तानिरहेको हुन्छ। यिनै सुईनाका कथाहरुलाई एक्रो थिएटर मार्फत कलाकारहरुले आफ्नो अभिनय र शारीरिक हाउभाउले भन्न खोजेका छन्।

असार १२ गते देखि नियमित मञ्चन सुरु भएको नाटकलाई रंगकर्मी पवित्रा खड्काले सहजीकरण गरेकी छिन्। नाटकमा विजय ढुङ्गेल, पारस नेपाली, प्रेम चन्द पाण्डे, सम्पदा राई, ललित बडु, जयप्रकाश ताजपुरिया र रमन श्रेष्ठले अभिनय गरेका छन्।

नाटक असार १७ गते सम्म मंगलवार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुँदै छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved