रोमानिया समूह विजेता बन्दै अन्तिम १६ मा, बेल्जियम समूह उपविजेता

नेपालभ्युज

रोमानिया समूह विजेता बन्दै अन्तिम १६ मा, बेल्जियम समूह उपविजेता

काठमाडौं । युरोकपको समूह ई अन्तर्गत भएका दुवै खेल बराबरीमा सकिएको छ । जर्मनीमा जारी प्रतियोगितामा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा रोमानिया र स्लोभाकियाले पनि १–१ को बराबरी खेले ।

ओन्ड्रेज डुडाले २४औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएपनि रोमानियाका राजभान मारिनले ३७औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरेका थिए ।

गोल अन्तरका आधारमा रोमानिया समूह ई को विजेता बन्दै नकआउट चरणमा पुग्दा बेल्जियम समूह उपविजेता बनेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको स्लोभाकिया पनि तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा पुग्न सफल भयो । चौथो स्थानमा रहेको युक्रेन भने समूह चरणबाटै बाहिरियो ।

युरोकपको क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्स र बेल्जियम भिड्ने भएका छन् । फ्रान्स समूह डी को उपविजेता बनेर अन्तिम १६ मा पुगिसकेको छ ।

फ्रान्सले तीन खेलबाट ५ अंक जोडेको छ । यी दुईबीचको खेल जुलाई १ मा हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved