युरो कपको नकआउट समिकरण पूरा, शनिबारदेखि राउण्ड अफ १६ सुरु

नेपालभ्युज

युरो कपको नकआउट समिकरण पूरा, शनिबारदेखि राउण्ड अफ १६ सुरु

काठमाडौं ।  युरो कपको नकआउट समिकरण पूरा भएको छ ।

गएराति समूह चरणका सबै खेल सकिएसँगै युरो कपको अन्तिम १६ पुग्ने टोलीको छिनोफानो भएको हो ।

सहभागी २४ टोलीमध्ये ८ टोली बाहिरिएका छन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्ल्कि समूह चरणबाटै बाहिरिएका हुन् ।

अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्नेछ भने जर्मनी र डेनमार्क आमनेसामने हुने छन् । यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्ने छन् ।

त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रोमानिया र नेदरल्यान्ड्स अन्तिम १६ मा खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट हुनेछन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved