दक्षिण अफ्रिकालाई फाइनलमा पुग्न जम्मा ५७ रनको लक्ष्य, अफगानिस्तान ११ औं ओभरमै अलआउट

नेपालभ्युज

दक्षिण अफ्रिकालाई फाइनलमा पुग्न जम्मा ५७ रनको लक्ष्य, अफगानिस्तान ११ औं ओभरमै अलआउट

काठमाडौं । टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११ दशमलव ४ ओभरमा ५६ रन बनाएर अल आउट भयो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३–३ विकेट लिए । कागीसो रबाडा र एनरिच नोकियाले २–२ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved