एसइईको रिजल्ट सार्वजनिक गर्ने तयारी, तत्कालै यी माध्यमबाट थाहा पाउनुहोस् नतिजा

नेपालभ्युज

एसइईको रिजल्ट सार्वजनिक गर्ने तयारी, तत्कालै यी माध्यमबाट थाहा पाउनुहोस् नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुने भएको छ ।

हिजो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीवार बिहान ११ बजेसम्म नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक गरी सार्वजनिक गरिने बताएका छन् ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक ल्याउनै पर्ने छ । त्यति अंक नल्याउनेलाई ननग्रेड एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि शुरू भएको एसएईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी छन् ।

नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको छ ।

वेबसाइट, एसएमएस र आइभीआरबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । बोर्डले तत्कालै रिजल्ट थाह पाउन निम्न अनुसार व्यवस्था गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved