दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले पराजित

नेपालभ्युज

दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले पराजित

काठमाडौं । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी -२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

बिहीबार बिहान भएको सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित दक्षिण अफ्रिकाले उपाधि भिडन्त पक्का गरेको हो ।

अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८ दशमलव ५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।

हेनरिकले अविजित २९ र माकरमले २३ रनको योगदान गरे । पहिले ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाउँदा अलआउट भएको थियो ।

दक्षिण अफ्रिका पहिलोपटक टी-२० विश्वकपको फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved