एसइईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत परीक्षार्थी पास

२ लाख ४२ हजार ९२ अनुत्तिर्ण

नेपालभ्युज

एसइईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत परीक्षार्थी पास

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको (एसइई) को नतिजा सार्वजनिक गरेको हो ।

बिहीबार बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) भएका छन्।

२ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका हुन् । नतिजा अनुसार १८६ जनाले चार जीपीए ल्याएका छन् । अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।

उनका अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन् । परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि प्राविधिक कारणले एक दिन ढिलो गरि आज सार्वजनिक भएको हो ।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

यस वर्षदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थी ननग्रेड भएका हुन्।

‘डी’ ग्रेड अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङ (एनजी) भएको छ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले एक महिनापछि सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए हुने बोर्डले जनाएको छ।

दुई विषयभन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था बोर्डले गरेको छ।

यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। त्यसपछि भने पुनः सबै विषयको परीक्षा दिनुपर्नेछ।

‘डी’ ग्रेडसम्म ल्याउने विद्यार्थी मात्रै अब माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिने बोर्डले जनाएको छ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ प्रतिशत अंक ल्याएउने विद्यार्थीलेसमेत ग्रेडसिट प्राप्त गर्थे।

उनीहरु कक्षा ११ मा भर्ना हुन योग्य ठहरिन्थे। तर, यस वर्षदेखि त्यो व्यवस्था हटाइएको बोर्डले जनाएको छ।

एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमले पनि नतिजा हेर्ने व्यवस्था मिलाएको छ । आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल गरि प्राप्त निर्देशनअनुसार रिजल्ट थाहा पाउन सकिने छ ।

एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number>  टाइप गरी १६०० मा पठाउनुपर्ने छ । वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved