कर बढाउने तयारीबाट केन्या सरकार पछि हट्यो, प्रदर्शनकारीसँग राष्ट्रपतिले वार्ता गर्ने

नेपालभ्युज

कर बढाउने तयारीबाट केन्या सरकार पछि हट्यो, प्रदर्शनकारीसँग राष्ट्रपतिले वार्ता गर्ने

काठमाडौं । हिंसात्मक प्रदर्शन बढेपछि केन्या सरकारले कर वृद्धि गर्ने विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय गरेका हुन् ।

केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गर्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् । उनले घोषणामा भने, ‘म यसबाट पछि हटेको छु ।’

विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो ।

संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्यु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो । प्रदर्शनकारीले राष्ट्रपतिको समेत राजीनामा मागेका थिए ।

प्रदर्शन झन् उग्र बन्दै जाँदा राष्ट्रपति रुतो विधेयक फिर्ता लिन बाध्य भएका हुन् । उनले प्रदर्शनकारीसँग वार्ता गर्ने पनि उद्घोष गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved