झापामा भाले हात्ती मृत भेटियो

नेपालभ्युज

झापामा भाले हात्ती मृत भेटियो

काठमाडौं । झापाको मेचीनगरमा हात्ती मृत फेला परेको छ ।

मेचीनगर–३ स्थित निन्दा खोलाको पश्चिमतर्फ धरधरे चौर नजिक आज बिहान हात्ती मृत भेटिएको हो ।

मृत हात्ती भाले भएको हात्ती सूचना केन्द्र बाहुनडाँगीले जनाएको छ । चौरमा लडिरहेको हात्तीको शरीरमा कुनै चोटपटक देखिएको छैन ।

मृत्युको कारण विद्युतीय धराप नभएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । अहिलेसम्म झापामा विभिन्न कारणले २० वटा हात्ती मरिसकेका छन् ।

पछिल्लो समय झापामा ३० देखि ४० वटा जति हात्ती ओहोरदोहोर गर्दै आएका थिए । झापामा भारतीय जंगलबाट हात्ती नेपाल आउने र फर्कने गरेका छन् ।

मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved