दक्षिण अफ्रिकी टोलीको सफलताका ५ कारण

नेपालभ्युज

दक्षिण अफ्रिकी टोलीको सफलताका ५ कारण

काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो पटक सन् १९९२ मा विश्वकप खेलेको थियो । अहिलेसम्म टोलीले दुई पटक टी–२० विश्वकपको सेमिफाइनल खेलेको थियो ।

साथै, टोली ५ पटक एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । यी ७ पटकमा दक्षिण अफ्रिकाले एक पटक पनि जित निकालेर फाइनल पुग्न सकेको थिएन । जसको कारण टोलीमाथि चोकरको ट्याग लागेको थियो ।

अब अन्ततः दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । उसले ‘चोकर’को ट्याग मेटाएको छ । बिहीबार बिहान भएको खेलमा अफगानिस्तानलाई सजिलै पराजित गर्दै एडेन मार्करामको कप्तानीमा रहेको यो टोली फाइनलमा पुगेको हो ।

यस विश्वकपमा टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । जसको कारण फाइनलमा पुग्न सक्षम भएको छ । जानौं, टोलीको सफलताका ५ कारण-

मुख्य हतियार नै ब्याट्सम्यान
दक्षिण अफ्रिकामा हरेक परिस्थितिका लागि ब्याट्सम्यान अगाडि रहेका छन् । उनीहरु नै टोलीको मुख्य हतियार सावित भएका छन् ।

डी कक, क्लासेन, स्टब्स र मिलर विस्फोटक ब्याट्सम्यान छन् भने कप्तान एडेन मार्कराम र हेन्ड्रिक्सले दबाबमा महत्वपूर्ण पारी सम्हाल्न सक्छन् ।

मार्को जानसेनले तल्लो क्रममा ब्याट्सम्यानको रूपमा पनि प्रभाव पार्न सक्छन्।

बलिङमा विविधता
टोलीका हरेक बलर एकअर्काभन्दा फरक छन् । जानसेन बायाँ हाते फास्ट बलर हुन्। उसले स्विङ र बाउन्स गर्छन् ।

नोर्टजेको गति छ । रबाडा स्विंग गर्न माहिर छन् । केशव महाराज फिंगर स्पिनर हुन् भने शम्सी चाइनाम्यान हुन् । आवश्यक परेमा कप्तान मार्करामले पनि ४ ओभर बलिङ गर्न सक्छन् ।

एक खेलाडीमा भर पर्दैन टोली
दक्षिण अफ्रिका कुनै एक खेलाडीमा निर्भर छैन । यो च्याम्पियन बन्ने लक्षण हो ।

टोलीले हरेक खेलमा नयाँ म्याच विनर पाइरहेको छ । ओटोनिल बोर्टम्यान र जेराल्ड कोएत्जी जस्ता फास्ट बलर बेन्चमा बसिरहेका छन् ।

मार्करामको कप्तानी
दक्षिण अफ्रिकामा मार्करामजस्तो उत्कृष्ट कप्तान छन् । उनले दक्षिण अफ्रिकी लिग एस २० दुई पटक जितेका छन्।

उनले अन्डर-१९ विश्वकपको उपाधि पनि जितेका छन् । यसपटकको विश्वकपमा बलिङ परिवर्तनदेखि फिल्डिङ प्लेसमेन्टसम्म, मार्कराम जताततै चमत्कार गरिरहेका छन्।

दबाब सम्हाल्ने क्षमता
दक्षिण अफ्रिकाका खेलाडीमा दबाबमा खेल्न सक्ने क्षमता रहेको छ । टोली समूह चरणमा नेपाल र बंगलादेशविरुद्ध अन्तिम बलमा विजयी भएको थियो ।

वेस्ट इन्डिजविरुद्धको गर या मरको खेलमा पनि टोलीले अन्तिम ओभरमा जित हासिल गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved