उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल, मदिराले मातेर विमानका कर्मचारीसँग लफडा गरेको आरोप

नेपालभ्युज

उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल, मदिराले मातेर विमानका कर्मचारीसँग लफडा गरेको आरोप

काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि काठमाडौं विमानस्थलबाटै फर्काइएका छन् ।

सडकमा होहल्ला गरेको अभियोगमा केही महिनाअघि पक्राउ परेका गायक फेरि आज उड्न लागेको जहाजबाट फर्काइएका हुन् ।

उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज बिहानको उडानमा दुबई जान लागेका थिए ।

उनी दुबईमा साङ्गीतिक कार्यक्रमका लागि जाँदै थिए । उनी विमानभित्र छिर्दा अत्यधिक मदिरा सेवन गरेका थिए । उनले विमानको सिटमा बसेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप लागेको छ ।

उनलाई सम्झाइएपनि हल्ला गर्न नछाडेको आरोप छ । लफडा गर्न नछाडेपछि प्रहरीको जिम्मा लगाइएको थियो ।

जहाज उनलाई नलिई अरू यात्रु लिएर उडिसकेको छ । गत चैत २२ गते उनको समूहले सडकमा होहल्ला गरेको थियो । त्यसपछि गायक राईसहित केहीलाई नियन्त्रणमा लिइएको थियो । पछि आफन्तको जिम्मा लगाएर छाडिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved