फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा ‘बार’, भने- किन त्यस्तो गरियो, अचम्म लागेको छ

नेपालभ्युज

फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा ‘बार’, भने- किन त्यस्तो गरियो, अचम्म लागेको छ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा छिर्न पाएनन् ।

१२ बजेपछि सुरु भएको प्रदेशसभा बैठकमा छिर्न खोज्दा उनलाई मर्यादापालकहरूले रोकेका हुन् ।

नेपालभ्युजसँग उनले भने, “मर्यादापालकले एकछिन रोकिनुस् भनेर भन्नुभयो । मैले बुझ्नै सकिनँ, किन त्यसो गर्नुभयो, थाहा छैन । अहिले म बाहिरै छु ।”

पछिल्लोपटक नेपाली कांग्रेसका तर्फबाट नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई नेकपा (माओवादी केन्द्र) संसदीय दलले कारबाही गरेको थियो ।

त्यसविरुद्ध देवकोटा सर्वोच्च अदालत गएका थिए । उनको मुद्दामा सुनुवाइ गर्दै अदालतले कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

यसपछि आज बैठकमा उपस्थिति जनाउन गएका देवकोटालाई रोकिएको हो । यसप्रति आश्चार्य प्रकट गर्दै उनले भने, “ममाथि भएको कारबाही खारेज भइसकेको छ । यस्तो अवस्थामा पनि किन त्यस्तो गरियो । मैले बुझ्नै सकिनँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved